बाढीमा परेर जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते

बाढीमा परेर जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते


जाजरकोट कुशे गाउँपालिका-१ तारेचौरनजिक खोलामा माछा मार्न गएका एकजनाको भारी वर्षाका कारण मृत्यु भएको छ । सो क्रममा अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिएका छन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे-१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिएका छन् ।

symbolic image