प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवासमा आज (१७ असार) बिहान भएको छलफलमा दुई नेताबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

ज्ञातव्य छ, आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको थियो । सो छलफलमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।