भावी रणनीतिबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

भावी रणनीतिबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने भावी रणनीतिका बारेमा छलफल हुने कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

file photo