विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

आज (१८ असार) दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको गौतमको भनाइ छ ।