रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने

रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

आज (१८ असार) बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

“वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी नयाँ गठबन्धनमा रहदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने वित्तिकै वर्तमान सरकारबाट बाहिरिन्छौँ”, परियारले भनेका छन् ।

दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कारविपरीत रहेको भन्दै सचेतक परियारले यो गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा रास्वपा विश्वस्त नरहेको जिकिर गरेका छन् ।