नेकपा एस महाधिवेशन : बाह्र समूहका सुझाव पेस हुँदै

नेकपा एस महाधिवेशन : बाह्र समूहका सुझाव पेस हुँदै


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज (१९ असार) पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने जनाइएको छ ।

एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले आज नै दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको सो पार्टीले जनाएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

photo: rss