मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसको आग्रह

मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसको आग्रह


नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक समस्या निकासको लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (१९ असार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त गर्दा उपयुक्त हुने कांग्रेसको ठहर छ ।

कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने कांग्रेसको ठहर छ ।