कांग्रेस-एमाले गठबन्धनलाई लोसपाले समर्थन गर्ने

कांग्रेस-एमाले गठबन्धनलाई लोसपाले समर्थन गर्ने


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।

लोसपाको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ ।

बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिँदै लोसपाका प्रमुख सचेतक रामप्रकाश चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरले गत मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको र छलफल सकारात्मक भएको पनि बताए ।

विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने सचेतक चौधरीको भनाइ छ ।

photo: rss