प्रधानमन्त्री प्रचण्डले असार २८ विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ विश्वासको मत लिने


प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको २८ गते बस्ने बैठकमा विश्वासको मत लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि प्रधानमन्त्रीले संसद् सचिवालयलाई पत्राचार गरेका छन्, जुन पत्रमा लेखिएको छ, ‘मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ ।’

एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने मन्त्रिपरिषद्मा रहेका एमालेका ८ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

पछिल्लो गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने देखिन्छ । नेपाली कांग्रेस, राप्रपा, मधेशवादी दलसमेतले पछिल्लो गठबन्धनमा सहभागी हुने बताइसकेका छन् भने । माओवादी, रास्वपा र नेकपा एस हालसम्म प्रचण्ड सरकारको पक्षमा देखिएका छन् ।