नयाँ वर्षमा–बैगुनी नेपाल

नयाँ वर्षमा–बैगुनी नेपाल


यतिन्जेल
यसै अलमलिइयो आश्वासनमा,
भुलियो भूलभुलैयामा,
विश्वास गरियो असम्भव सपनामा,

आफंैमाथि अन्याय गरियो ।

यतिन्जेल
बाहिर ‘शान्ति शान्ति’ जप्ने
भित्र–भित्र
‘विद्रोह’का तानाबाना बुन्नेहरूको
भनाइ र गराईबीचको अन्तर पहिल्याउन सकिएन,

भ्रममा परियो, गतिहीन भइयो
अग्रगमनको नाममा ।
अलमलमा परियो,
हक, अधिकार र स्वतन्त्रताका नाममा ।
अब भने
सबैका अनुहारबाट मुकुण्डोहरू उत्रेका छन्,
सर्वाङ्ग नाङ्गिएका छन् सबै,
झुटको खेती गर्नेहरू,
जनताको नाममा आफ्नै स्वार्थमा रम्नेहरू,
यसैले
अब तिनका विश्वासमा अलमलिनुको कुनै औचित्य छैन
तिनका चिप्ला÷चिल्ला कुराका भ्रममा पर्नुको कुनै अर्थ छैन ।

यसैले आऊ,
आजै गरौँ निर्णय
जनाउँm प्रतिबद्धता
अबदेखि, कसैको भ्रममा नपर्ने,
कसैको बहकाउमा नलाग्ने, र
थालौँ आफ्नै बाहुबलमा, समृद्धितर्फको यात्रा
आफ्नै सामथ्र्यमा, स्वतन्त्रता प्राप्तिको अभियान
आऊ, नयाँ वर्षमा नयाँ योजनाको घोषणा गरौँ
छाडौँ यिनका विश्वास गर्न, र
थालौँ आफ्नो विश्वासमा
आफ्ना लागि केही गर्न ।
– पोखराथोक, पाल्पा

देश र समय– सिरु शर्मा
बिहानै
एउटा आशाको किरण बोकेर
बिस्तारै सूर्य उदाउँछ
बसन्ती हावा
सरर्र..सरर्र सर्साराउँछ
थोरै ढुक–ढुक गरिदिन्छ मुटुमा
देशको माया
घडीमा समय
एकनास श्वासको प्रवाहमा बगिरहन्छ नदीझैं
शान्त आकाश
चराहरूको चिर्बिराहट
क्षितिज टेकेर
जब जान्छ घाम
जब आउँछ जून
वा
जब जान्छ जून
जब आाउछ घाम
मन
तलाउझैं शान्त भइरहन्छ
एक मुठ्ठी माटो
च्यापेर मुठ्ठीमा
एक थुङ्गा फूल
छोएर औंलाहरूले
प्रत्येक श्वास फेराइहरूमा
लाग्छ
प्रत्येक आँखा खोलाइहरूमा
सिङ्गो देश पाइरहुँ
सबै हाँसिरहेका
सबै नाचिरहेका
सबै गाइरहेका
हरक्षण–हरबखत ।
– ललितपुर