कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छ : मुख्यमन्त्री कार्की


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताएका छन् ।

प्रदेश आन्तरिक मन्त्रालयमा सोमबार (२४ असार) आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको सङ्ख्या भने नबढाउने बताए ।

नयाँ सत्ता समीकरणभन्दा बाहिरका साथीहरुले सरकार छोड्न नचाहेको उल्लेख गर्दै उनले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण भएको जानकारी दिए ।

तस्बिर : रासस