अमेरिका बुझ्न चाहने हरेकले पढ्नैपर्ने पुस्तक !

अमेरिका बुझ्न चाहने हरेकले पढ्नैपर्ने पुस्तक !


यो साता बजारमा एउटा त्यस्तो पुस्तक आएको छ जुन हरेक युवाले पढ्नैपर्ने मानिएको छ । आम मानिसमा अमेरिकाप्रतिको जिज्ञासा यति गहिरो देखिन्छ कि मानौँ अमेरिका स्वर्ग हो, जहाँ पुग्नैपर्छ । विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठूलो सफलता ठान्नेहरूको समाजमा कमी छैन ।

यस्तै परिवेशमा पत्रकार एवम् उद्यमी सानुबाबु सिलवालले अमेरिकाबारे छर्लङ्ग बुझाउने पुस्तक यसैसाता बजारमा ल्याउनुभएको छ। ‘सपना र यथार्थमा अमेरिका’ नामक करिब तीनशय पृष्ठको पुस्तक लेखकले अमेरिकाको सङ्क्षिप्त परिचयबाट सुरु गर्नुभएको छ । विभिन्न नौ खण्डमा विभिन्न विषय समेटेर तयार गरिएको पुस्तकमा अमेरिकाको कानून र ब्यबस्था, त्यहा ब्यवशाय गर्न चाहनेहरूले ध्यान दिनुपर्ने कुराहरू र दैनिक जीवनमा भोग्नुपर्ने चुनौती र अवसरका बारेमा पुस्तकमा निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । अमेरिका जान चाहने, अमेरिकासङ्ग ब्यापारिक कारोबार गर्न चाहने र अमेरिकामै व्यापार ब्यबशाय गर्न चाहने हरेकका निम्ति सानुबाबुको पुस्तक अत्यन्तै उपयोगी हुने देखिन्छ ।

केही वर्षअघि अमेरिका पुगेर उतै ब्यवशाय गरि सफलता हाशील गर्दै गरेका सानुबाबु अमेरिकामा ूदुःखीका साथीूका रूपमा पनि चिनिन थाल्नुभएको छ। उहाँले सामाजिक सन्जाल मार्फत ब्यक्तिमाथी आइपरेका विभिन्न समस्याहरूको समाधान दिदै आउनुभएको छ र यस सन्दर्भमा सानुबाबुलाई एक अभियन्ताको रूपमा समेत लिन थालिएको छ ।