रास्वपाबाट पदमुक्त भए मुकुल ढकाल : साधारण सदस्यमात्र रहने

रास्वपाबाट पदमुक्त भए मुकुल ढकाल : साधारण सदस्यमात्र रहने


राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री र प्रवक्ता दुवै पदबाट पदमुक्त गरेको छ । सात दिनअघि निलम्बनमा राखिएका उनलाई मंगलबार (२५ असार) बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ता सबै पदबाट मुक्त गरेको हो । अब उनी पार्टीको साधारण सदस्यमात्र रहने छन् ।

ढकाल अब रास्वपामा बस्ने या नबस्ने भन्नेमा उनले कुनै प्रतिक्रिया दिइसकेका छैनन् । घटना र विचारले कुरा गर्न खोज्दा उनले ४÷५ दिन केही नबोल्ने बताए ।

रास्वपाले सोधेको स्पस्टीकरणमा ढकालले विधि र प्रक्रिया नपु¥याएको भनिएको छ । अभद्र व्यवहार गर्नुका साथै पार्टीलाई बदनाम गरेको भन्दै अनुशासन समितिले साधारण सदस्य पनि नरहने गरी कारवाही गर्न सिफारिस गरेको थियो ।