समाजवादी मोर्चालाई सक्रिय बनाउन बालुवाटारमा छलफल

समाजवादी मोर्चालाई सक्रिय बनाउन बालुवाटारमा छलफल


समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी घटक-दलहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिएका छन् । ‘समाजवादी मोर्चालाई सक्रिय बनाउने, व्यवस्थित बनाउने र मोर्चालाई देशभर विस्तार गर्ने विषयमा सैद्धान्तिक छलफल भएको छ, छिट्टै अर्को बैठक बसेर थप निर्णय गर्नेछौँ’, अध्यक्ष यादवले भनेका छन् ।

यादवका अनुसार मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे कुराकानी भएको छ ।

छलफमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागी रहेका थिए ।