अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित


  • विशेष प्रतिनिधि

संसारभरि शाखाहरु विस्तार गर्न सफल नेपाली साहित्यकारहरुको सबैभन्दा पुरानो संगठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रले आफ्नो दुईवर्षे कार्यकालको लागि निर्वाचन गरि नयाँ समिति निर्माण गरेको छ । २०२४ जुलाई ७ देखि तीन दिनसम्म भएको निर्वाचनको परिणाम जुलाई १० तारिखमा घोषणा गरिको छ।

अनेसास निर्वाचन समितिका मुख्य आयुक्त वरिष्ठ पत्रकार गुणराज लुइँटेल र आयुक्तहरु डा. कविता घिमिरे र डा. चुडामणि खनालले निर्वाचनको मत परिणाम सार्वजनिक गर्दै निर्वाचित व्यक्तित्वहरुलाई बधाई दिए।

प्रमुख निर्वाचन आयुक्त लुइँटेलद्वारा घोषणा गरिएको मत परिणामअनुशार उपन्यासकार सर्वज्ञ वाग्लेले कवि विमला निरौलालाई २५४ मतले पछि पार्दै विजय हासिल गरेका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका वाग्लेले खसेको मतबाट ८५९ भोट प्राप्त गरे भने उनकी प्रत्यासी निवर्तमान महासचिव विमला निरौलाले ५९५ मत प्राप्त गरिन् ।

त्यस्तै, वरिष्ठउपाध्यक्षमा साहित्यकार लाल गोपाल सुवेदीले सबै भन्दा बढी पपुलर मत ल्याएर चुनाव जितेका छन्। उनले खसेको मतबाट ९५४ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी तथा निवर्तमान उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जम्मा ४८८ मत प्राप्त गरे।

केन्द्रको लागि नेपालबाट उपाध्यक्षमा उम्मेदवार बनेकी सरिता अर्यालले ७४९ मत ल्याएर आफ्ना प्रतिष्पर्धी दिनेशराज ज्ञवालीलाई चुनावमा हराएकी छन्। पराजित ज्ञावालीले ६७५ मत प्राप्त गरेका छन्।

त्यसैगरि अमेरिका क्षेत्रबाट उपाध्यक्षको लागि भएको प्रतिष्पर्धामा महेश्वर पन्तले ६२२ मत ल्याए भने उनका प्रतिद्वन्दी सुदिपभद्र खनालले ८१८ मत ल्याएर चुनाव जितेका छन्।

महासचिवको प्रतिष्पर्धामा राजु सिटौलाले ८५५ मत ल्याएर चुनाव जिते भने अर्का उमेद्वार कृष्ण कुमार गिरीले ५८४ मत ल्याएर उपविजेता बने।

आम सहमतिबाट निर्विरोध निर्वाचित पदाधिकारी मध्ये युरोपबाट उपाध्यक्षमा डिल्लीराम अम्माई,अफ्रिकाबाट गणेश खड्का र ओसियानाबाट हरिप्रसाद अधिकारि रहेका छन् । सचिवमा रबिन शर्मा र कोषाध्यक्षमा तारा अधिकारी पनि निर्बिरोध निर्वाचित भएका छन्।

त्यस्तै गरेर अनेसासको अन्तराष्ट्रिय समितिमा पाँच सदस्यहरु क्रमश साहित्यकार सुमन बर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्न लोक्सम सुब्बा र तारा उप्रेती पनि निर्बिरोध निर्वाचित भएका छन्।

समितिमा थप दुई सदस्यहरु कार्यसमितिले चयन गर्ने बैधानिक ब्यवस्था रहेको छ।