प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज (२८ असार) प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ ।