‘प्रवासका बालबालिकाहरुको बोली आफ्नो मातृ भाषामा फुटोस्’ : विमल गिरी
‘असल मान्छेहरु थोरै किन नहुन् तर अन्त्यमा ती समुदायको लागि निर्णायक हुन्छन् !’
नेपाली पहिचान र मूल्य रक्षाको अभियान, समुदाय प्रतिको प्रेम र कर्तव्यको लागि भाषिक लामो साहित्यिक अभियानको झण्डा बोकेर संसारभरी कुदिरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको बेल्जियम शाखाले नेपालका राष्ट्रिय विभुति आदीकवि भानुभक्तलाई आफ्ना रचनाहरु समर्पण गरेर सम्मान गऱ्यो ।
बेल्जियममा नेपालीहरुको चाप दिन-प्रतिदिन बढिरहेको छ । यहाँ हप्तैपिच्छे अनेक खाले कार्यक्रमहरु भैरहेका हुन्छन् । तर, नेपाली भाषा, संस्कृति र मूल्य रक्षाको लागि बौद्धिक टावरको रुपमा काम गर्ने मुख्य शक्ति अनेसास नै हो । अनेसासमा रहेका सबै प्राज्ञहरुले प्रायः सबै संगठनले निकालेका सांगठनिक दस्तावेजहरु (स्मारिका)मा आफ्नो अमुल्य समय दिएर आफ्नो कर्तब्य पूरा गरिरहेका छन् । युरोपभरि छरिएर रहेका सृजनाहरुलाई जम्मा गरेर पुस्तक प्रकाशन गरिरहेका छन् । भाषा स्कुलहरुमा नजर कुदाइरहेका छन् । स्थानीयहरुलाई भाषिक अभियानतिर डोऱ्याइरहेका छन् ।

भर्खरै पनि बेल्जियमका एक जना अग्रज श्रष्टाहरु क्रमश पंचम अधिकारीले साहित्यको क्षेत्रमा एक प्रवाशीको देश हुन्न भन्ने कथा संग्रह दिए भने अर्का कवि ब्रह्मदत्त वाग्लेले कविता संग्रह उपहार लिएर आएका छन् । बेल्जियम एक विश्वको सानो देश, यहाँ नेपाली समुदायको पनि सानो हिस्सा छ । त्यो सानो नेपाली समुदायलाई बौद्धिक नेतृत्व प्रदान गर्ने अन्तराष्ट्रिय नेपाली साहित्य समाज छ, त्यसका जम्माजम्मी १८ जना आजीवन सदस्यहरु छन् । तर त्यही जमातको मेहनतले उठेका हरेक ब्याक्तिले आज संसारभरको नेपाली समाजमा अद्वितीय बौद्धिक प्रभाव छोड्न सफल भएका छन् । अनेसास बेल्जियमका संस्थापक कृष्ण बजगाईं जसका कृति नरुचाउने को होला ? विमल गिरी ,सौरभ कारंजित, पंचम अधिकारी, दिपेन्द्र केशी सबै स्रष्टाहरु गुलाव जस्तै आफ्नै महक लिएर फुल्दै र फक्रँदै छन्।
सीमित तर सृजना र बौद्धिक नेतृत्वको लागि संसार छाम्न सक्ने हैसियतमा पुगेको छ बेल्जियमको अनेसास । यो संगै नेपाल पत्रकार महासंघ, सांस्कृतिक समूह इनास, इन्द्र धनुस, नेपाली मिलन केन्द्र लगायत नेपाली मूल्य रक्षाको लागि उभिएका अन्य सँस्थाहरु पनि छन् यहाँ । उनिहरुसंग हात मिलाएर हिँड्ने अभियानको थालानी पनि गरिसकेको छ अनेसास बेल्जियमले।
सीमित उपस्थितिका बीच १३ जुलाइको भानु जयन्ती अनेसास बेल्जियमले रचना बाचन गरेर मनायो । भब्य रुपले मनायो । इतिहासमै पहिलोपल्ट अनेसासको लागि बेल्जियमले केन्द्रिय उपाध्यक्षको रुपमा आफ्नो प्रतिनिधि पठाउन पाउँदा उत्सव जस्तै माहोल खडा भयो । पटक पटक जस्तै बेल्जियम फेरि एकपटक सृजनामय बन्यो ।
दुई होनाहार अग्रज पंचम अधिकारी र ब्रह्म वाग्ले आफ्नो सृजना विमोचनको लागि नेपाल गएकोले कार्यक्रमले मिस गऱ्यो । कवि जमुना गैह्रे, दीपेन्द्र केशी, मोहन खत्री र परमानन्द सापकोटा पनि आउन भ्याउनुभएन । अरु सबै श्रष्टाहरु भेट भएरै अँगालो मारे र एकअर्काले प्रेम साटे । नेपाली मिलन केन्द्र बेल्जियमकी अध्यक्ष कान्ता अधिकारीले अनेसास बेल्जियमले विश्वकप जस्तै अनेसासको उपाध्यक्षमा निर्वाचित भएको डिल्ली अम्माईलाई पुष्प गुच्छा अर्पण गरिन् । प्रेममय वातावरणमा सबैका बिच शुभकामना आदानप्रदान भयो ।
उपाध्यक्ष लोकनाथ शर्माले सबै अतिथिहरुको गजबले स्वागत गरे । कार्यक्रम भब्य र बौद्धिक बन्यो । बौद्धिक ब्याक्तित्व चन्द्र शर्माले संस्कृतमा कविता बाचन गर्दा सबै अचम्मित भए । कार्यक्रम संचालक गोपाल दाहालले व्यंग कविता भनेर सबैको मुखमा हाँसो भरे । अनेसासका अध्यक्ष सौरभ कारंजित र संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि विमल गिरीका दमदार मुक्तकहरुले वाहवाही पायो । जनजाति महासंघकी उपाध्यक्ष मुना राई र एनआरएनए बेल्जियमका कोषाध्यक्ष अजित तुलाचन, श्रीराम प्रसाई, लक्ष्मी अधिकारी सबैले आफ्नो कुरा राखे, कविता सुनाए र रमाए । उपस्थित प्राज्ञहरुलाई आजीवन सदस्यको प्रमाणपत्र वितरण भयो। अन्त्यतिर पत्रकारहरुका अध्यक्ष ओम शर्मा पनि आइपुगे । उल्लासमय वातावरणमा राष्ट्रिय गानबाट शुरु भएको जयन्ति उत्सवकै रुपमा सकियो ।
प्रतिक्रिया