एमाले र काङ्ग्रेसले टुङ्ग्याए मन्त्रीको नाम

एमाले र काङ्ग्रेसले टुङ्ग्याए मन्त्रीको नाम


नेकपा एमाले र नेपाली काङ्ग्रेसले नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएका छन् ।

काङ्ग्रेसले पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । नेता सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै, सभापति शेरबहादुर देउवाका विश्वासपात्र रमेश लेखक गृह, श्रीमती आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, दिपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन मन्त्री बन्ने भएका छन् । यस्तै, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, सहमहामन्त्री बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन, तेजुलाल चौधरी युवा तथा खेलकुद र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका छन् ।

यसैगरी, एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ सूचना तथा सञ्चार, मानवीर राई रक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि, दामोदर भण्डारी उद्योग र बलराम अधिकारी भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।