मन्त्रिपरिषद्को पहिलो निर्णय : तीन सय दिनभित्र कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाइने

मन्त्रिपरिषद्को पहिलो निर्णय : तीन सय दिनभित्र कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाइने


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि सोमबार (३१ असार) भएकोे बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीकोे सचिवालयले जनाएको छ ।

उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ ।

पहिलो दिनको बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय पनि गरेको छ ।

photo: rss