नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।

यसैगरी, भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका डा. आरजु राणा देउवालाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत मन्त्री डा. राणालाई बधाई दिनुहुँदै दुई देशबीच बहुपक्षीय साझेदारी बढाउन आफ्ना नेपाली समकक्षीसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
file photo
प्रतिक्रिया