‘वचनका पक्का’ रवि लामिछाने : के रास्वपा र माओवादी पार्टी एकीकरण हुँदैछ ?

‘वचनका पक्का’ रवि लामिछाने : के रास्वपा र माओवादी पार्टी एकीकरण हुँदैछ ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि (शरण) लामिछाने वचनका पक्का देखिएका छन् । उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘जीवनभर तपाईंको साथमा रहन्छु’ भनेर दिएको वचनको पालना गर्दै प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।

चितवनबाट निर्वाचन जितेपछि लामिछानेसित दोहोरो राहदानी भएको खुलासा भयो । यो मुद्धामा लामिछानेले हारेको खण्डमा दास्रो पटक निर्वाचनमा उठ्न नै पाउँदैन थिए । महान्यायाधिवक्ता दीनवन्धु पोख्रेलको साथ पाएर लामिछानेसित भएको राहदानीमा ‘वतन प्रष्ट नखुलेको’ महान्यायाधिवक्ताको रायपछि उनले पुनः निर्वाचनमा उठ्न पाए र, जिते पनि ।

आफू दोषी ठहर हुने र मुद्धा हार्ने पक्का भएपछि लामिछाने प्रचण्ड गुहार्न पुगे । र, प्रचण्डले महान्यायाधिवक्ता पोख्रेललाई भनेर यो मुद्धा कमजोर बनाए । यसरी प्रचण्डले लगाएको गुन तिर्नकै लागि जम्मा ६३ मतमात्र पाउने प्रचण्डको पक्षमा रास्वपाले भोट दिएको बुझिएको छ । यसले लामिछाने ‘वचनका पक्का’ भएको देखाउँछ ।

अब माओवादी केन्द्र र रास्वपा पार्टी एकीकरणको चर्चा पनि भइरहेको छ । तर, कहिले गर्ने हो, त्यसको भने टुङ्गो लागिसकेको छैन ।