प्रचण्ड सरकार ढल्दा माधव नेपाल सबैभन्दा खुसी किन ?

प्रचण्ड सरकार ढल्दा माधव नेपाल सबैभन्दा खुसी किन ?


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकार ढल्दा सबैभन्दा खुसी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भएका छन् ।

गत वर्ष फागुनमा नेपाली काङ्ग्रेसलाई छोडेर एमालेसित मिल्दै प्रचण्ड सरकार बनाउन लाग्दा माधवकुमार नेपालले ‘एमाले अध्यक्ष केपी शर्मा ओली फटाहा हुन्, उनले जुनसुकै बेला धोका दिन सक्छन्, तसर्थ काङ्ग्रेसितै मिल्नुपर्छ, एमालेसित होइन’ भनेर पटक-पटक प्रचण्डलाई भनेका थिए । तर, प्रचण्डले नेपालको कुरा सुनेनन् र एमालेसित गठबन्धन गर्न आइपुगे ।

आफूले पटक-पटक सम्झाउँदा नमानेका प्रचण्डलाई आकस्मिकरूपले जिल्ल्याउँदै केपी ओलीले नेपाली काङ्ग्रेसको साथ लिएर नयाँ सरकार बनाएपछि सबैभन्दा खुसी माधव नेपाल भएको चर्चाले राजनीतिक बजार तताएको छ ।