अवैध सुन कारोबार गर्ने योञ्जन पक्राउ

अवैध सुन कारोबार गर्ने योञ्जन पक्राउ


मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई प्रहरीले झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-२ का विकास योञ्जनलाई मगलबार (१ साउन) अपराह्न काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योञ्जनले पठाएको नौ सय ६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थलबाहिर सडकपेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए ।

प्रहरीवृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा लुकाएको कालो टेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन नौ सय ६० ग्राम फेला परेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योञ्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योञ्जन फरार रहेका थिए ।