मनसुनजन्य विपदबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

मनसुनजन्य विपदबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित


बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।

सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै, राष्ट्रिय राजमार्गमा पर्ने ६ वटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।