१ किलो बढी कोकिन बरामद : मूल्य ३ करोड ८५ लाख

१ किलो बढी कोकिन बरामद : मूल्य ३ करोड ८५ लाख


प्रहरीले दुई जना बिदेशी नागरिकसहित १ किलो १ सय ग्राम कोकिन बरामद गरेको छ । यही साउन १ गते इन्डिगो एयरलाइन्सबाट मुम्बइहुँदै नेपाल आएका २३ वर्षिय भारतीय नागरिक फाइमुद्दीन नासिमुद्दीम अन्सारीलाई काठमाण्डौं-२६, ठमेलस्थित होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्यासुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ परेका छन् । उनीबाट बरामद गरिएको लागु औषध कोकिनको तौल १ किलो १ सय ग्राम रहेको छ ।

फाइमुद्दीनले उक्त लागु औषध कोकिनसहितका जुसका बट्टाहरु काठमाण्डौं-९ पिङगलास्थान स्थित होटलमा बसिरहेका नाईजेरियन नागरिक IKECHUKWA CYRIL OBODOEFULA बाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले बताए ।

कतार एयरलाइन्सबाट नेपाल आएका ४४ वर्षिय नाइजेरियन नागरिक IKECHUKWA CYRIL OBODOEFULA लाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले उक्त लागु औषध कोकिनका क्यासुलहरु कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याई उक्त क्यासुलहरु काठमाण्डौं-९ पिङगलास्थान स्थित होटलमा ज्याकेटभित्रबाट निकाली जुसका बट्टाहरुभित्र लुकाएर राख्ने गरेको खुल्न आएको डिएसपी साहीले घटना र विचारलाई जानकारी दिए ।