मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार


मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री सतिश सिंहले नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

बिहीबार (३ साउन) गरिएको मन्त्रिपरिषद बिस्तारसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ ।

लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएकी छन् । यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । बिहीबार नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

photo: rss