कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे


नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएकाले घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गरेको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।