प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसदमा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज (६ साउन) बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ । प्रतिपक्षी दलहरुलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले निर्णय गरेको बताइएको छ ।

संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसदमा सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।