- सुरेन्द्र सुवेदी, काठमाडौं
नपाली सेनाले निर्माणको जिम्मा पाएका ४ वटा सडक आयोजनाका १ सय ७५ दशमलव ९ सय ५ किलोमिटर सडक खण्डको काम पूरा भएको छ । अब सेनाले २७ दशमलव ६ सय १० किलोमिटर सडक खन्न बाँकी रहेको छ ।
नेपालको संविधान २०७२ को भाग २८ को धारा २६७ को उपधारा ४ मा नेपाली सेनालाई संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा समेत परिचालन गर्न सकिने उल्लेख छ ।
यस्तै राष्ट्रिय सुरक्षा नीति २०७५ को भाग ५ को राष्ट्रिय हितअन्तर्गत १३ (ज) मा भौतिक पूर्वाधारमा जोड दिने एव्म राष्टिय सुरक्षा नीति कार्यान्वय एकीकित कार्ययोजना विकास समृद्धिका कार्यहरुमा नेपाली सेना संलग्न हुने भन्ने उल्लेख छ । यिनै सवैधानिक व्यवस्थाअनुसार नेपाली सेनाले सडक निर्माण गरिरहेको सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीको भनाइ छ ।
संखुवासभाको खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोप्पा) खण्ड सडक सेनाले आर्थिक वर्ष २०७७/०७८ मा निर्माण सुरु गरेको हो । यो सडकको कूल लम्बाइ १० दशमवल ५१ किलोमिटर रहेको छ । जसमध्ये आर्थिक वर्ष ०७९/८० सम्ममा ६ दशमवल ५ किलोमिटर तथा आव ०८०/८१ मा २ किलोमिटरसमेत ८ दशमवल ५ किलोमिटर ट्याक खोल्ने कार्य सपम्पन्न भएको सैनिक मुख्यालय जनाउँछ ।
सेनाले चालु आव ०८१/८२ मा विनियोजना हुने बजेट ५ करोड २७ लाख ८२ हजार रुपैयाँमध्येबाट २ दशवल ०१ किलोमिटर नयाँ ट्रयाक निर्माण गर्ने लक्ष राखेको छ ।
अर्काे सडक खण्ड कर्णाली करिडोरको काम आव २०७८/७९ मा निर्माण सुरु भएको हो । यो खण्डको कूल लम्बाइ २२ दशवलव ०५ किमीमध्ये आव ०७९/८० सम्ममा ९ दशमवल ५ किमी, आव ८०/८१ मा ४ किलोमिटर तथा सडक विभागबाट निर्माण गरेको २ दशमवल ५ किमी गरी हालसम्म १६ किमी ट्याक खोल्ने काम सकिएको छ ।
आव ०८१/८२ मा विनियोजन हुने बजेट १० करोड २५ लाख ८८ हजार रुपैयाँमध्येबाट घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा २ दशवलव ५ किलोमिटर नयाँ ट्याक निर्माण गर्ने लक्ष्य राखिएको सैनिक प्रवक्ता सहायक रथी केसीले घटना र विचारलाई बताए ।
सरकारले नेपाली सेनालाई कर्णाली करिडोर सडकअन्तर्गत हुम्ला जिल्लामा पर्ने लालिबगर-दुल्लीकुन्ना खण्ड ११ किलोमिटर तथा कालिकोट र बाजुरा जिल्लामा पर्ने घाटपारीचौर-बद्रीगाउ-भुक्काखोला खण्ड ११ दशवल ५ किलोमिटर गरी कूल लम्बाइ २२ दशमवल ०५ किलोमिटर सडक निर्माणको जिम्मेवारी दिएको हो । जसअन्तर्गत हाल हुम्ला जिल्लामा पर्ने लालिबगर- दुल्लीकुन्ना खण्डको ११ किलोमिटर निर्माण कार्य सम्पन्न भइ राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी छ । हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिएको र उक्त खण्ड निकट भविष्यमा सडक विभागलाई हस्तान्तरण गर्ने योजना रहेको सेना जनाउँछ ।
कालिकोट-बाजुरा जिल्लामा पर्ने घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खडको ११ दशमवल ०५ किलोमिटरमध्ये कालिकोटमा १ दशमवल ५ किलोमिटर र बाजुरामा ३ दशमवल ५ किमी गरी जम्मा ५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । बाँकी ६ दशमलव ५ किलोमिटर खण्डको ट्रयाक निर्माण कार्य आगामी वर्षमा क्रमागत रुपमा सम्पादन गर्ने योजना रहेको छ ।
अर्काे आयोजना बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आव ०७३/७४ बाट निर्माण सुरु गरिएको यो सडकको कूल लम्बाइ ९२ किलिमिटर रहेको छ । जसमध्ये आव ०७९/८० सम्म ३५ दशमलव ५ किलोमिटर तथा आव ८०/८१ मा २ दशमवल ५ किलोमिटर ट्याक निर्माण कार्य सम्पन्न गरी हालसम्म ३८ किलोमिटर ट्रयाक खोलिएको छ ।
आव ०८१/८२ मा विनियोजन भएको ७ करोड २२ लाख रुपैयाँमध्येबाट २ किलोमिटर नयाँ ट्रयाक निर्माण गर्ने लक्ष रहेको छ । ट्र्याक खोल्न बाँकी ५४ किलोमिटर खण्ड आगामी आवहरुमा गर्ने योजना रहेको छ ।
यस्तै दार्चुला-टिङ्कर सडक आयोजना आव ०७७/७८ बाट निर्माण सुरु गरिएको खण्डको कूल लम्बाइ ७९ किलोमिटर रहेको छ । जसमध्ये आव ०७९/८० सम्म १० दशमवल ४ किलोमिटर तथा आव ०८०/८१ मा ३ किलोमिटर ट्रयाक निर्माण पूरा भएर हालसम्म १३ दशमलव ४ किलोमिटर ट्रयाक खोलिएको छ । यो आव ०८१/८२ मा बिनियोजन भएको ९ करोड रुपैयाँमध्येबाट १ दशवल ८ किलोमिटर नयाँ ट्रयाक निर्माण तथा १ दशमवल २ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।
‘नेपालको भू-राजनीतिक तथा मौसमी विविधताले पनि विकास कार्यमा नेपाली सेनाको माग जनस्तरबाट भइरहेको छ । वार्षिक रुपमा सडक निर्माण कार्यका लागि विनियोजन हुने बजेत तुलनात्मक रुपमा कम हुने गरेकोले नेपाली सेनालाई आफ्ने पूर्णक्षमताअनुसार निर्माण कार्यमा परिचालन गर्न सकिएको खण्डमा सडक निर्माण कार्य तीब्र गतिमा अघि बढाउन थप मदत पुग्ने महसुस गरिएको छ’- सैनिक प्रवक्ता सहायक रथी केसीले घटना र विचारसित भने ।
प्रतिक्रिया