हिजो (सोमबार) २० दशमवल ६३ अंकले घटेको सेयर बजार मंंगलबार (आज) ३५ दशमवल ५५ अंकले बढेर २ हजार ६ सय ९६ दशमलव ६५ अंकमा पुगेको छ ।
कारोबारको कूल रकम १७ अर्ब २६ करोड रहेको छ भने १ सय ८९ कम्पनीको मूल्य बढे पनि ४७ वटाको घटेको र छ वटा स्थिर रहे होटल तथा पर्यटन समूह ५ दशमलव ९९ प्रतिशत, फाइनान्समा ५ दशमलव ९८ प्रतिशत र हाइड्रोपावरमा ३ दशमलव १२ प्रतिशत वृद्धि भएको छ । अझै केही दिन सेयर बजार उकालो लाग्ने अनुमान यसका कारोबारीहरुले गर्दै आएका छन् ।
नयाँ सरकार गठन, सेयर बजार मैत्री मौद्रिक नीति तथा अन्य क्षेत्रमा लगानीको संभावना नभएपछि लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भइरहेको बुझिएको छ ।
नेप्से करिव १ हजार ८ सय अङ्कसम्म घटेपछि यसले लय लिन थालेको हो ।
प्रतिक्रिया