नेप्से २७६० माथि : १९१ कम्पनीमा हरियाली, अहिलेसम्मकै ठूलो कारोबार

नेप्से २७६० माथि : १९१ कम्पनीमा हरियाली, अहिलेसम्मकै ठूलो कारोबार


मंगलबार (१५ साउन) ३५ दशमवल ५५ अंकले बढेर २ हजार ६ सय ९६ दशमलव ६५ अंकमा पुगेको नेप्से आज बुधबार ६४ दशमवल २५ अंकले बृद्धि भएर २ हजार ७ सय ६० दशमलव ९ अंकमा पुगेको छ । १ सय ९१ कम्पनीको मूल्य बढेको छ भने ४४ कम्पनीको घट्दा ७ वटा कम्पनीको घटबढ भएन । समग्रमा नेप्से २ दशमलव ३८ प्रतिशतले वृद्धि भएको हो ।

बुधबार २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँको कूल कारोबार भयो भने २३ हजार ८ सय २७ वटा कारोबार भएका छन् । नेप्सेको इतिहासमा यो रकमको कारोबार नै सबैभन्दा बढी हो । नेप्से सूचक २०७८ साउन ३१ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा बढी बढेका छन् ।

अझै केही दिन सेयर बजार उकालो लाग्ने अनुमान यसका कारोबारीहरुले गर्दै आएका छन् । नयाँ सरकार गठन, सेयर बजार मैत्री मौद्रिक नीति तथा अन्य क्षेत्रमा लगानीको संभावना नभएपछि लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भइरहेको बुझिएको छ ।

नेप्से करिव १ हजार ८ सय अङ्कसम्म घटेपछि यसले लय लिन थालेको हो । नेप्से करिव ४ हजारसम्मको अङ्कमा पुग्ने प्रक्षेपण यसका पण्डितहरुले गर्दै आएका छन् ।