तीन जना राज्यमन्त्री नियुक्त : मन्त्रिपरिषद्ले पायो पूर्णता

तीन जना राज्यमन्त्री नियुक्त : मन्त्रिपरिषद्ले पायो पूर्णता


हालको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तीन जना राज्यमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

अब मन्त्रिपरिषद् २५ सदस्यीय हुँदै पूर्ण बनेको छ ।

काङ्ग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक जना राज्यमन्त्री बनेका छन् ।

राज्यमन्त्री बन्नेमा नाउपाबाट अरुण चौधरी, काङ्ग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ रहेका छन् । बिकलाई वन तथा वातावरण, तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएको छ ।

photo: rss