विश्वासको मत हासिल नहुने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नै नलिइ राजीनामा दिएका छन् ।
विश्वासको मत लिने भन्दै राजीनामा नदिएर बसेका उनी नेपाली काङ्ग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टीसमेत आफ्नो विरुद्धमा भएपछि स्वतः अल्पमतमा परेका थिए ।
शुक्रबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले राजीनामा दिएका हुन् ।
गत वैशाखको पहिलो साता एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेले एक महिनाअघि समर्थन फिर्ता लिएपछि उनी स्वतः अल्पमतमा परेका थिए ।
photo: rss
प्रतिक्रिया