‘मातृभूमिका लागि नेपाली’को नयाँ कार्यसमिति

‘मातृभूमिका लागि नेपाली’को नयाँ कार्यसमिति


देशभक्त राष्ट्रवादी नेपालीहरूको संस्था ‘हाम्रो मातृभूमिका लागि नेपाली’को दोस्रो साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । श्रावण १९ गते शनिबार नक्साल भगवती स्थानको सभाकक्षमा आयोजित भेलाको सभापतित्व संस्थाका अध्यक्ष टुङ्गराज पाठकले तथा कार्यक्रम सञ्चालन उपाध्यक्ष श्रीराम श्रेष्ठले गर्नुभएको थियो ।

संस्थाको संस्थापकसमेत रहनुभएका राष्ट्र बैकका पूर्व गभर्नर डा. तिलक रावलको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आगामी माघ १७ गते बिहीबार विशेष सम्मेलन गर्ने निर्णय गरेको छ ।

सभाले गणेश बञ्जराको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको छ । समितिको महासचिवमा धीरज निष्पक्ष र सदस्यहरूमा मन्जिला शर्मा, गीता सेढाईं , दीपकसिंह महर्जन, रुपा पौडेल, नवराज भण्डारी, डा. डीकेन्द्र खड्का, नवीनचन्द्र श्रेष्ठ, कमला रिसाल, सृजन खागी, कल्पना मेगाले मगर, मृदुला शर्मा, विद्या अधिकारी, ज्ञानप्रसाद खनाल, हेमा शर्मा, गोविन्द खनाल, गोमा प्रधान, बृख रावल, ज्योति न्यौपाने, गोपाल नेपाल, देवराज पौडेल, शारदा आचार्य, दिपेश केसी, सुन्दर मिजार, झनकबहादुर बस्नेत, आशिष राना मगर, शिवभक्त भुजु, र धनकुमार तामाङ (सुबास तामाङ) रहनुभएको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. तिलक रावलले देशको मौलिक धर्म संस्कृति सङ्कटमा परेकोले सबै नेपाली आफ्नो राष्ट्रिय पहिचान रक्षाका निम्ति एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले नेतृत्वमात्र बदलेर देशको समस्या समाधान नहुने स्पष्ट गर्दै कतिपय नीतिगत र सम्बैधानिक ब्यबस्था समेत परिमार्जन या परिवर्तन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

सभालाई मातृभूमिका लागि संस्थापक अध्यक्ष देवप्रकाश त्रिपाठीले पनि सम्बोधन गर्नुभएको थियो । उहाँले राजनीतिक एजेण्डामा काम गर्ने गैरराजनीतिक संस्थाको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।