सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि १ लाख ४९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया