✍ मोहन लामा रुम्बा
बंगलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिनाको परराष्ट्रनीति भारत र चीनलाई समदूरीमा राखेर ‘निकट छिमेकी नै बंगलादेशको प्रगतिको आधार हुन्छ’ भन्ने बुझाइअनुरूप रहेकोे थियो । सोही परराष्ट्रनीति अनुसार आर्थिक एवम् भौतिक विकासमा बंगलादेश लम्कँदै पनि थियो ।
हसिना-सरकारले एकताका बंगलादेशमा सेल्टर बनाएर भारतको उत्तरपूर्वी क्षेत्रमा हिंसा र आतंक फैलाइरहेको मुस्लिम उग्रवादीहरुलाई पक्राउ गर्दै भारतलाई हस्तान्तरण गरेर सेल्टर ध्वस्त तुल्याएको थियो । कुनै एउटा अन्तर्राष्ट्रिय शक्तिले म्यानमारबाट रोहिंग्या शरणार्थीहरू भारतभूमि हुँदै नेपाल र पश्चिम बंगालमा व्यवस्थापन गरिरहेको बेला शेख हसिनाको सरकार आएपछि त्यसमा उल्लेख्य नियन्त्रण गरेको थियो ।
यसरी, शेख हसिनाको सरकारले छिमेकी भारतलाई पूर्वोत्तरतर्फ सुरक्षाको सुनिश्चितता गरेर भारतको सद्भावना लिन सफल भैरहेको थियो भने उत्तरतर्फको छिमेकी मुलुक चीनसँग पनि उत्तिकै घनिष्ठ सम्बन्ध विकास गर्न सफल भएको थियो ।
भारतको विरोधलाई अनदेखा गर्दै चीनको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड ‘BRI’ मा सामेल भएर बंगलादेशका मेगा प्रोजेक्टहरू चीनको सहयोगमा चलिरहेको थियो ।
बीआरआई सम्झौतामा बंगलादेशले ४० बिलियन अमेरिकी डलर पाउने र, जसमध्ये २६ बिलियन डलर बीआरआई परियोजनाहरूका लागि अनि १४ बिलियन डलर संयुक्त परियोजनाहरूका लागि पाउने उल्लेख छ । बंगलादेशको विश्वचर्चित पद्म पुल त्यही बिआरआई प्रोजेक्टअन्तर्गत चीनले बनाएको हो भने हाल बंगलादेशको सैन्य हतियार आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा चीन एक्लैले ओगटेको छ । चीनले ट्याङ्क, लडाकु विमान, पनडुब्बी, फ्रिगेट, एन्टी-सिप मिसाइलहरूदेखि विभिन्न प्रकारका सैन्य उपकरण चीनबाटै आपूर्ति गर्छ ।
सन् २०१६-२२ भित्र ६ वर्षको बीचमा चीनको सरकारी र निजी क्षेत्रले लगभग २६ अर्ब अमेरिकी डलर बंगलादेशमा निवेश गरेको थियो । दक्षिण एसियामा सबैभन्दा बढी चिनियाँ लगानी भित्र्याउनेमा बंगलादेश पर्छ । त्यसैले चीनको प्रतिद्वन्द्वी देशहरू भारत र पश्चिमी मुलुकहरूले बंगलादेशलाई चीनले ऋणको जालमा फसाउँदैछ भन्दै आरोपित गरिरहेको थियो ।
आर्थिक वर्ष २०१९/२० मा बंगलादेशको कुल बाह्यऋण विश्व बैंकबाट ३८, एडिबीबाट २४.५, जाइकाबाट १७, चीनबाट ६.८१, रुसबाट ६.१४ र भारतबाट १.३ प्रतिशत रहेको देखिन्छ ।
अमेरिकी इन्टरप्राइज इन्स्टिच्युट (एईआई)का अनुसार गत वर्ष बंगलादेशमा कुल ७.०७ बिलियन अमेरिकी डलर चिनियाँ लगानी भित्रिएको अनुमान थियो, यसका साथै चिनियाँ कम्पनीहरूले विभिन्न क्षेत्रमा २२.९४ बिलियन डलर बराबरको निर्माण ठेक्का पाएको छ भनेर तथ्यांक राखेको थियो । शेख हसिनाकै कार्यकालमा यतिविधि चिनियाँ लगानी बंगलादेशको हरेक क्षेत्रमा ओइरिएको हो, त्यसैले भारतीय मिडियामार्फत ‘बंगलादेश चीन के कब्जा में चला गया’ भन्दै बेला-बेलामा समाचार दिने गरिन्थ्यो ।
हालै नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत पुगेकी शेख हसिना लगत्तै चीनको भ्रमणमा निक्लिइन् । उक्त भ्रमणअगाडि चीनले ५ अर्ब डलर सहयोग दिने भनेर बोलेको रहेछ, तर चीन पुगेपछि १० करोड डलरमात्रै हातमा थमायो । पहिला शेख हसिना चीन पुग्दाजस्तो मिडिया कभरेज पनि भएन । ऊनीसँगै गएका मन्त्रीहरूले पाउनुपर्ने प्रोटोकल पनि दिइएन । पाँच अर्बको कुरा भएर गएको ठाउँमा १० करोड डलर मात्रै हातमा थमाइदिएपछि यो भनेको एक हिसाबले बाटोखर्च हातमा थमाएको जस्तो मात्रै हो भनी बुझ्दा फरक पर्दैन ।
त्यसबाट शेख हसिना शायद निराश भएर हुनुपर्छ- चार दिवसीय भ्रमणलाई बीचमै छोट्याएर एक दिनअगाडि नै चीनबाट फर्किएकी थिइन् । बंगलादेशमा विपक्षी नेताहरूले शेख हसिनाको चीन भ्रमणलाई खिल्ली उडाउँदै ‘रित्तो हात फर्काएर बंगलादेशको बेइज्जत गऱ्यो’ भन्दै आलोचना पनि गरेका थिए ।
चीनसँग निकट सम्बन्ध राखेकी शेख हसिनासँग चीनले गरेको पछिल्लोपटकको अप्रत्याशित व्यवहारले के बंगलादेशबाट शेख हसीनाको अब बिदाई हुँदैछ भनेर चीनलाई पूर्वाभास भइसकेकै थियो त भन्ने पङ्क्तिकारलाई जिज्ञासा भएको छ । यदि यस्तै हो भने एउटा कुरा भन्नैपर्छ- नेपालको राजा ज्ञानेन्द्रपछि दोस्रोमा शेख हसिना भइछन् चीनलाई नजिकैबाट चिन्ने ! यसोभन्दा कसो हा
प्रतिक्रिया