हिन्दूमाथिको हिंसाबारे ‘हाम्रो मातृभूमिका लागि नेपाली’ अभियानद्वारा भत्सर्ना

हिन्दूमाथिको हिंसाबारे ‘हाम्रो मातृभूमिका लागि नेपाली’ अभियानद्वारा भत्सर्ना


बङ्गलादेशमा जारी आन्दोलनको क्रममा त्यहाँस्थित अल्पसंख्यक समुदायमाथि ज्यादति भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको ‘हाम्रो मातृभूमिका लागि नेपाली’ अभियानले जनाएको छ ।

अभियानका अध्यक्ष गणेश बन्जाराले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको आवरणमा त्यहाँस्थित अल्पसंख्यक हिन्दू, जैन तथा बौद्धहरूका घर, आश्रम, गुम्बा तथा मन्दिरलगायतका देवालयहरूमा अराजकतत्वले हत्या, तोडफोड, आगजनी तथा हिंसा मच्चाएकोप्रति अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उक्त खेदपूर्ण क्रियाकलाप अविलम्ब बन्द गरी दोषीउपर कडा कानूनी कार्यवाहीको निम्ति सम्बन्धित पक्ष तथा बङ्गलादेश सरकारसमक्ष अपिल गरिएको अध्यक्ष बन्जाराको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘पछिल्लादिन प्रहरीको घेराभित्र रहेका हिन्दूहरूको समेत थुतेर हत्या गरिएको तथा चर्चित हिन्दू सम्प्रदायका सङ्गीतकार राहुल आनन्दको घरमा आगो लगाउने आततायी कार्यप्रति यो अभियान घोर भत्सर्ना गर्दछ ।’