बंगलादेशमा भएका पछिल्ला घटनाप्रति ‘नागरिक शक्ति नेपाल’ले चिन्ता प्रकट गरेको छ ।
नागरिक शक्तिका महासचिव सुभासप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मित्रराष्ट्र बङ्गलादेशमा भएका पछिल्ला घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, खासगरी जननिर्वाचित सरकारलाई सडक संघर्षबाट बदल्नेक्रममा भएका हिंसात्मक घटना र त्यसक्रममा निश्चित अल्पखंख्यक समुदायलक्षित अत्याचारपूर्ण एवम् अपराधिक घटनाप्रति हाम्रो चासो उत्पन्न भएको हो ।’
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री सेख हसिनाको नेतृत्वमा बंगलादेशले आर्थिक सुधारका क्षेत्रमा चालेका कदम सराहनीय रहेको हामीले ठानेका छौँ । तर, उहाँको शासकनकालमा भएका अनियमितता, भ्रष्टाचार र तानाशाही व्यवहार पनि त्यत्तिकै स्मरणीय रहेको यथार्थलाई भुलेका छैनौं ।’
‘संघर्षका क्रममा र त्यसयता पनि अल्पसंख्यक समुदायप्रति प्रकट हिंसा र अमानवीय ब्यवहारको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ’- महासचिव पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया