रोयल सहकारीको एकल बिन्दुमै ऋण

रोयल सहकारीको एकल बिन्दुमै ऋण


पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक मन्दीका कारण समस्यामा परेका सदस्यहरुलाई लक्षित गरी एकल बिन्दुमा ऋण प्रवाह गरिरहेको छ ।

संस्थाका ऋण विभाग प्रमुख परमेश्वर दाहालका अनुसार मिसन संस्थाले लागु गरेको १०० योजना अनुसार ९.९९ प्रतिशत ब्याजदरमा रु. ५ लाखदेखि १ करोडसम्मको ऋण प्रवाह भइरहेको छ । यो योजना १०० दिनसम्म लागु हुने र यस योजना अन्तर्गत साँवा एवं व्याज नियमित भुक्तानी गरेमा ऋण लिएको १ वर्षसम्म ब्याज वृद्धि नहुने अनि समयअनुसार ब्याजदर कम भएमा भने सोहीअनुसार कम हुने स्पष्ट पारे ।

विगत २ दशक बढीदेखि पोखरालाई कार्यथलोको रुपमा कारोबार गरिरहेको सहकारीको कास्की, स्याँङ्जा, तनहँु, लमजुङ्ग र पर्वत गरि ५ जिल्ला कार्यक्षेत्र, प्रधान कार्यालयसहित ४ वटा सेवा कार्यालय र ९३५६ जना सदस्य रहेका छन् ।

संस्थाले हाल १ हजार ३०० बढीलाई व्यापार व्यवसाय, कृषि, पर्यटन, लघुउधम, वैदेशिक रोजगार, शैक्षिक र घरायसी लगायतको शीर्षकमा १ अर्ब ६८ करोड बढी लगानी गरिरहेको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताए । संस्थाले ग्रामीण महिलाहरुलाई लक्षित गरी सहकारी समूह कर्जा समेत सञ्चालन गरिरहेको छ । हाल कास्की, तनहुँ र स्याङ्जाका करिब ९ वटा पालिकामा सञ्चालित कार्यक्रममा करिब २ हजार महिलाहरु आवद्ध रहेका छन् ।