राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारवाही गरिएका पूर्व महामन्त्री डा. मुकुल ढकाल पार्टीसभापति रविशरण लामिछानेविरुद्ध खनिएका छन् ।
रास्वपाले ढकालमाथि मिडियाबाजी गरेको, पार्टी ध्वस्त बनाउन लागेको जस्ता आरोप लगाएर साधारण सदस्य पनि नरहने गरी कारवाहीको तयारी गर्दै बुधबार चौबिसघण्टे स्पष्टिकरण सोधेको थियो । त्यसको उत्तर पार्टीलाई नभइ सञ्चारमाध्यमलाई पठाउँदै डा. ढकालले रविलाई सहकारी ठगी प्रकरणमा किन स्वतन्त्र छानविन समिति नबनाएको, दोहोरो राहदानीको विषयमा किन सबै विवरण सार्वजनिक नगरेकोजस्ता सवालसहित गम्भीर आरोप लगाएका छन् ।
यस्तो छ मुकुलको पत्र –
प्रतिक्रिया