करातेकी एरिका र टेबलटेनिसका स्यान्टु वर्षको उत्कृष्ट खेलाडी

करातेकी एरिका र टेबलटेनिसका स्यान्टु वर्षको उत्कृष्ट खेलाडी


करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएका छन् । हाम्रो खेलकुद अनलाइनको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा एरिका र स्यान्टुलाई उत्कृष्ट खेलाडीको रुपमा सम्मानित गरिएको हो ।

राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले खेलाडीलाई सम्मान गरे । उनीहरूलाई जनही रु २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

एरिकाले गत वर्ष चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा रजत पदक जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिकका लागि छनोट हुन सफल भएका थिए । स्यान्टुको अनुपस्थितिमा उनको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले सम्मान ग्रहण गरेका थिए ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी सङ्गीना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्टपछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।