लेखा समितिको बैठकमा समितिमाथि नै खनिए प्रेम आले !

लेखा समितिको बैठकमा समितिमाथि नै खनिए प्रेम आले !


नेकपाा एसका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर प्रेमबहादुर आलेले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतलाई समितिको कठघरामा ल्याएर सोध्नुपर्ने माग गरेका छन् । आइतबार (९ भदौ) प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले महसुस नउठाउनेदेखि छुट दिने कार्यसम्म तत्कालीन ऊर्जामन्त्रीको हात रहेको आरोपका साथ यस्तो माग गरेका हुन् । उनले भने, ‘मन्त्री भएर जथाभावी निर्णय गर्ने ? उहाँलाई एक पटक यहाँ ल्याएर सोधपुछ गर्नुपर्छ ।’

पूर्वमन्त्री आलेले आफू पर्यटनमन्त्री भएका समयमा बुद्ध पूर्णिमाको दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतित्थ्यमा लुम्बिनीमा भएको कार्यक्रममा आफू कार्यक्रमको सभापति भएको र उक्त कार्यक्रममा भारतका उच्चपदस्थ अधिकारीहरुले नेपाल भारत-सिमाको तीन किलोमिटरमा क्यासिनो खोलिएकाले उक्त क्यासिनोमा जुवा खेल्न आउने कयौँ भारतिय जुवा हारेर घरबारविहीनको अवस्थामा पुगेकाले उक्त क्यासिनो हटाउन आग्रह गर्दा आफूले उक्त क्यासिनो सिमाबाट पाँच किलोमिटरको दुरीमा टाढा राख्ने निर्णय गरेको दाबी समेत गरे ।

आफुले सिमाबाट पाँच किलोमिटर टाढा राख्न निर्देशन दिएको क्यासिनो तत्कालिन पर्यटन विभागका महानिर्देशक एवं सहसचिव रुद्र पण्डितले कानुनको धज्जी उडाउँदै पाँच किलोमिटरको सट्टा तीन किलोमिटरमा क्यासिनोको प्रि लाइसेन्स होटेल भैरहवा गार्डेनलाई दिएको र उक्त विषयमा उजुरी पर्दा पनि लेखा समिति मौन बसेको पूर्वमन्त्री आलेले आरोप लगाए ।

पर्यटन ऐन २०३५ को धज्जी उडाएकाले लेखा समितिले उक्त निर्णय तत्काल रोकी सहसचिव पण्डितलाई कारबाहीका लागि सिफारिस गर्नुपर्ने भन्दै पूर्वमन्त्री आलेले बैठकमा जोडदार आवाज उठाए ।

सिमानजिकका भारतयिहरु क्यासिनोमा जुवा खेलेर घरबारविहीनको अवस्थामा पुगेका भन्दै तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका आलेले सिमाको तीन किलोमिटरबाट पाँच किलोमिटरमा क्यासिनो राख्ने निर्णय गरेका थिए ।

समितिले महसुल विवादमा आइतबारदेखि छलफल सुरु गरेको छ । पछिल्लो पटक महसुल विवादले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, व्यापारी र सरकार एकआपसमा विवादमा रहेका छन् ।