झाडापखालाबाट नरैनापुरमा चार जनाको मृत्यु

झाडापखालाबाट नरैनापुरमा चार जनाको मृत्यु


बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सात जना बिरामी परेका छन् ।

झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको नरैनापुर-३ का वडाध्यक्ष अजय मिश्राले जानकारी दिएका हुन् ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहको भनाइ छ । ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ’, उनले भनेका छन् ।

गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।