एमाले पोलिटब्यूरो बैठक आज समापन हुने

एमाले पोलिटब्यूरो बैठक आज समापन हुने


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज (१९ भदौ) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो बैठक दिउँसो बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको जनकारी दिए ।

उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ ।

आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको कार्यालयसचिव डा. अधिकारीले बताएका छन् ।