नेपाल टेलिकम प्रमुखमा सङ्गीता पहाडी नियुक्त

नेपाल टेलिकम प्रमुखमा सङ्गीता पहाडी नियुक्त


सरकारले नेपाल टेलिकमको प्रमुखमा सङ्गीता पहाडीलाई नियुक्त गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रमुखमा पहाडी नियुक्त भएकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाली रहेकी पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको छ ।

टेलिकममा टेलिकमबाहिरका व्यक्तिबाट पनि ‘बुझाउने’ बुझाएर प्रवन्ध निर्देशक हुन ठूलो चलखेल थियो । र, त्यसका लागि करोडौंको ‘बार्गेनिङ’ भइरहेको थियो । तर, टेलिकमका कर्मचारीले टेलिकमभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्ति भएमा कडा आन्दोलनको चेतावनी दिएपछि सरकार ‘बुझ्ने’ कामबाट पन्छिन बाध्य भएको जानकारहरुको भनाइ छ ।

पहाडी यसअघि निमित्त प्रवन्ध निर्देशक भएर करिव १ बर्ष कार्य सम्पादन गरिसकेकी टेलिकमकै पहिलो प्रवन्ध निर्देशक हुन् ।