राप्तीमा बेपत्तामध्ये एकजनाको शव भेटियो
कैलालीको खुटिया नदीमा डुबेर आज (२३ भदौ) एक किशोरी बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका-१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिशा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका-१५ र ७ को बीचमा पर्ने बेली पुलनजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो भने जेनिशा भने बेपत्ता भएकी छन् । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता, चितवनस्थित राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एकजनाको शव भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका-२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका-२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरु बेपत्ता भएका थिए ।
प्रतिक्रिया