राजधानीको गेष्टहाउसमा एक जनाको शव फेला

राजधानीको गेष्टहाउसमा एक जनाको शव फेला


काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज (२५ भदौ) दिउँसो एक व्यक्तिको शव भेटिएको छ ।

सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।