ब्ल्याक एण्ड डेकरको ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक

ब्ल्याक एण्ड डेकरको ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक


नम्बर १ अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले यो दशैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले ब्ल्याक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् ।

यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्ल्याक एण्ड डेकरको ओ.एफ.आर. हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओ.टी.जी. ओभन, ई-प्रेसर कुकर र भ्याकुम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् । साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन् । ब्ल्याक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको जनाइएको छ ।

ब्ल्याक एण्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ । यस उत्सवको अवसरमा, ब्ल्याक एण्ड डेकरले आफ्ना ग्राहकहरूलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यो योजना सञ्चालन गरेको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तरर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्ल्याक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ । ब्ल्याक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।