प्रधानमन्त्री ओलीद्वारा देउवा र प्रचण्डसँग छलफल

प्रधानमन्त्री ओलीद्वारा देउवा र प्रचण्डसँग छलफल


सत्तापक्षले उपसभामुखको राजीनामा मागेका कारण राजनीतिक सरगर्मी बढिरहेको परिवेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता-सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (२७ भदौ) बिहान भएको छलफलमा भोलि शुक्रबार बस्ने संवैधानिक परिषद् बैठकको तयारीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको परिषद्को बैठक स्थगन भएको थियो ।

संवैधानिक परिषद्को बैठकलाई बहाना बनाएपनि तीन नेताबीच वर्तमान राजनीतिक परिस्थितिबारे ज्यादा छलफल भएको बुझिएको छ ।

photo: rss