लागुऔषध कारोबार गरेको अभियोगमा रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

लागुऔषध कारोबार गरेको अभियोगमा रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषधिको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जनाएअनुसार जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ स्थित बाग्लुङ बसपार्कबाट गत साउन ३ गते रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई TRUPAIN (Tapentadol) नामको लागुऔषधसहित पक्राउ गरी कानुनसम्मत अनुसन्धान भइरहेकोमा निज प्रकाश थापा मगरले उक्त लागूऔषध पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए ।

सो बयानका आधारमा प्रहरीले कास्की जिल्ला अदालतबाट कानूनबमोजिम पक्राउ अनुमति लिइ उक्त दिया फार्मेसीका संचालक रहेका रास्वपाका पूर्वसांसद श्रेष्ठलाई हिरासतमा लिएको हो । पोखरा महानगरपालिका वडा नं. २४ बस्ने वर्ष ४८ का ढाकाकुमार श्रेष्ठबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।